काठमाडौं । नेपाल बैंकको १७% लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित शुक्रबार (पुस २ गते) वार्षिक साधारण सभा बस्दैछ ।
सभामा गत वर्षको नाफाबाट १४% बोनस सेयर र कर तिर्न ४% नगद गरी कुल १७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २० गतेसम्म रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

















