सात बैंक आरटीजीएस प्रणालीमा

101

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको कनेक्ट आरटीजीएस प्रणालीमा थप सात बैंक जोडिएका छन् । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एक विकास बैंक र ६ वित्त कम्पनी यस प्रणालीमा जोडिएका हुन् ।

नयाँ जोडिनेमासप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गुडविल फाइनान्स,  प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स रहेका छन् । यस अघि २७ वटा वाणिज्य बैंक, आठ विकास बैंक र दुई वित्त संस्था आरटीजीएस प्रणाली आवद्ध भइसकेका छन् । आरटीजीएस प्रणाली मार्फत दुई लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानी र अन्तरबैंक भुक्तानीको सहज हुनेछ ।

ग्राहकले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सेवा लिन सकिने जनाइएको छ । एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिग्रेट गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो ।

आरटीजीएस प्रणालीको पहुँच सँगै विद्युतीय कारोबारको आकर पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here