नेपालको वर्तमान सन्दर्भमा फ्रान्सेली क्रान्तिको शिक्षा र इतिहासको पुनरावृतिको सम्भावना

77

-हुकुमबहादुर सिंह

इतिहासवारे एउटा स्थापित भनाइ छ, त्यो हो– इतिहास निर्मम हुने गर्छ र इतिहासका पाइलाका आवाजलाई सुनेर–पछ्याएर त्यसबाट पाठ नसिक्नेहरुबाटै इतिहासको निर्मम पाठ पुनरावृत्ति हुने गरेका छन् । त्यस्तै एउटा निर्मम पाठ इतिहासमा पढन पाइन्छ, त्यो हो– फ्रान्सेली क्रान्ति र प्रतिक्रान्तिको इतिहास ।

फ्रान्सेली क्रान्तिकारीहरुमा आएको विचलन र उनीहरुको मैमत्तापनका कारण क्रान्तिपछि कसरी सैनिक तानाशाहहरुको उदय हुन्छ, पुरानो राजनीतिक सत्ताको पुनस्र्थापना हुन्छ र क्रान्तिकारी शक्तिहरु पतन भएर इतिहासको कुँडाकरकटमा कसरी निर्मम ढंगले मिल्काइन्छन भन्ने कुरा विश्वभरीका क्रान्तिकारीहरु र परिवर्तनशील शक्तिहरु, खासगरी वर्तमानमा नेपालका क्रान्तिकारीहरु र परिवर्तनशील शक्तिहरुले फ्रान्सेली क्रान्ति र प्रतिक्रान्तिकाबाट सिक्नैपर्ने पाठ हुन गएको छ । खासगरी नेपालमा देखिएका यी जनविरोधी प्रवृतीहरु –ओली, प्रचण्ड, शेरबहादुर र माधव प्रवृतीका कारण ।

फ्रान्सेली क्रान्ति र प्रतिक्रान्तिको २३२ वर्ष(१७८९–२०२१)पछि नेपालमा इतिहासको त्यही निर्मम पाठ पुनरावृत्ति हुने सम्भावना बलियो देखिदै छ । वर्तमानमा नेपालका क्रान्तिकारी शक्तिहरुमा आएको घोर विचलन तथा परिवर्तनकारी भनिएका शक्तिहरुमाझ नै चलिरहेको सरकार बनाउने र भत्काउने खिचातानी एवं अन्तरसंघर्षको सन्दर्भमा यहाँ पनि फ्रान्सेली क्रान्ति र प्रतिक्रान्तिको इतिहासको प्रसंग निक्कै सान्दर्भिक र मननयोग्य देखिन थालेको छ ।

यो किन पनि यस्तो भइरहेको छ त ? नेपालका क्रान्तिकारीहरु आफ्नो आँखाको अघिल्तिरको मात्रै देख्न थालेका छन् र नेपाली क्रान्तिको अतितलाई चटक्कै बिर्सिदिएका छन् । हजारौ सहीदहरुका सपना के थिए विर्सिदिएका छन् । राजतन्त्रको रुपमा साडे दुइसय वर्ष शासन गर्दैरहेको तानाशाह त ढल्यो तर राजतन्त्रका कुकर्महरुको एउटा ठुलो हिस्सा भने अहिले पनि ज्युँको त्युँ रह्ेको छ । त्यसमा शुन्य वरावरको परिवर्तन भएको छ । राजतन्त्रको ठाउँमा गणतन्त्र भनिएको छ, तर एउटा राजाको ठाउँमा कैयो राजाहरुको पुनर्जन्म गरिएको छ ।  राजतन्त्रको समयको प्रशासनिक प्रणालीले गर्ने शासन जस्ताको तस्तै राखिएको छ । जनता यी देखि आजित बनिरहेका छन् ।

१७८९को फ्रान्सेली क्रान्ति नवोदित पुँजिपति वर्गले सामन्तवाद र सामन्तवादी शासन प्रणालीको विरुद्धमा गरेको आजसम्मको सवभन्दा जबरजस्त, निर्मम, संझौताहीन र निर्णायक क्रान्ति थियो । क्रान्ति आफैमा एक दशक जारी रह्यो । यसले अभुतपूर्व र आमुल सामाजिक तथा राजनीतिक  परिवर्तन ल्यायो ।  राजातन्त्रको समुल नष्ट गर्‍यो र मुलुकमा धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रको स्थापन ग¥र्यो  । यस क्रान्तिले पहिलो पटक मानव इतिहासमा स्वतन्त्रता, समानता र भातृत्वको नारा वुलन्द गुर्यो ।

फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन– ‘जब फ्रान्सको क्रान्तिमा ऊ बेलाका दार्शनिकहरुले भन्ने गरेको जस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण ९जबचmयलष्यगक० समाज फलिभूत भयो, त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहिँ हुन सकेनन । विवेकको राज्य पूर्णतः नष्ट भयो । रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्ततः आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडी सकेको पुँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो ।’

शास्वत शान्तिको अपेक्षा गरिएको क्रान्ति आक्रामक युद्धहरुको अनन्त शृङ्खलामा परिणत हुन गयो । सद्भावनायुक्त समाजको अवस्था पनि यस्तै रह्यो । सम्पूर्ण जनताको समृद्धि प्राप्त गर्नुपर्नेमा धनी र गरिवहरुका बीचको खाडल बढदै गयो र तिनीहरुबीचको सामाजिक र आर्थिक ग्याप बढदै गयो र संघर्ष उग्र बन्न पुग्यो । सामन्ती बन्धनबाट वस्तुतः प्राप्त भइसकेको सम्पतिको स्वतन्त्रता ससाना उद्योगपति र किसानहरुको लागि ठुल्ठुला पुँजीपति र जमिन्दारहरुसँगको प्रतिस्पर्धामा थिचिएकाको आफ्नो सम्पति ठुल्ठुला स्वामीहरुलाई बेच्ने स्वतन्त्रता मात्रै ठहरियो । यसप्रकारले ससाना पुँजीपति र किसानको हकमा भने सम्पतिको स्वतन्त्रता भनेको सम्पतिबाट बन्चित हुने स्वतन्त्रता बन्नपुग्यो । पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाइदियो । एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो । पहिले सामन्ती व्यभिचारको नाङ्गोनाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पुँजीवादी व्यभिचार खुल्लम खुल्ला बढ्न थाल्यो । व्यापारमा जालझेल झन्झन्न बढ्न थाल्यो । बन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाइँमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो । सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो । अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो । सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पुँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपुर्व रुपमा बढ्यो ।

फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो । प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिदै थियो । राजा रानी गिलोटिनमा काटी सकिएका थिए । प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे । त्यसमा निर्दोषहरु पनि पर्न थाले । अराजकता र आतंकको बिगबिगी मचियो । यो सब काम क्रान्तिका नायक रोबोसपियरेको  नेतृत्वमा भई रहेको थियो । क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए । यी दुवै एक अर्काका प्रतिद्वन्दी भए । रोबोसपियरेले ड्याण्टनलाई पक्रेर मुद्दा चलाए । पुर्पक्षको दौरानमा ड्याण्टनले ललकार्दै प्रतिवाद गरेका थिए , ुशनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ ।ु उनलाई फाँसीमा चडाउने उर्र्दी भयो । बलिवेदीमा लादै गर्दा उनि रोबोसपियरेको घरको बगलबाट  गुज्रदै थिए । घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, रोबोसपियरे तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ । तिम्रो यो घर पनि गल्र्याम गुर्लुम ढालिने छ । अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ ।ु ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो । पहिले गिरोण्डिनहरुको सफाय गरियो । दोश्रो शिकार ड्याण्टनहरु भए । अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो । यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो । अनि उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समय सम्म ।

भनिन्छ, फ्रान्सेली क्रान्ति सामन्तवाद विरुद्धको पुँजिपति वर्गको क्रान्ति थियो, त्यस क्रान्तिमा निम्छरो सर्वहारा वर्ग पुँजिपति वर्गको दुमछल्ला थियो । १९१७को रुसी अक्टुवर क्रान्ति पछि भने क्रान्तिले करवट बदल्यो र फ्रान्सेली क्रान्तिको प्रति धारा विकास गर्यो । यस प्रति धारामा भने उदियमान सर्वहारा वर्ग स्वयं पुँजिवादको विरुद्धमा विद्रोहमा उत्रियो ।

फ्रेन्च क्रान्तिले आफ्ना मुल्यमा स्थिर हुन ठुलो उतारचढावका साथ झन्डै सय वर्ष समय लगायो । क्रान्तिले पहिलो दशक पार गर्दा नगर्दै (१८००मा) सैनिक तानाशाह नेपोलियनलाई भित्र्यायो । १८१५ मा पुरानै राजतन्त्रको पुनस्र्थापना ग¥र्यो । १८३१ मा अर्को वंशको राजतन्त्र स्थापना गर्यो । १८४८ को क्रान्तिले पुन राजतन्त्रको  अन्त्य गर्यो  र आम निर्वाचन मार्फत लुई बोनापार्टलाई राष्ट्रपति निर्वाचित गर्यो । त्यहीं राष्ट्रपतिले ४ वर्ष पछि आफैलाई सम्राट घोषणा गर्यो । १८७०को फान्स प्रुसियन लडाईमा सम्राट लुई बोनापार्ट समातिए र निर्वासनमा पठाइए । तब भने त्यस शासन प्रणालीको पनि अन्त्य भयो । आजसँम्म आइपुग्दा दुनियाँ पुँजीवादको चर्तिकलाबाट आजित भएको छ । भनिदै छ, पुँजीवाद आफ्नो अवसानको लामो चक्रमा प्रवेश गरी सकेको छ । यसको अन्त्य ढिलो वा चााडो अवश्यमभावी छ र यसको गर्भबाट वैज्ञानिक समाजवादको जन्म अवश्य हुने छ ।

तर पनि नेपालका क्रान्तिकारीहरु र परिवर्तनशील शक्तिहरुले फ्रान्सेली क्रान्ति र प्रतिक्रान्तिकाबाट यी सबै पाठहरुबाट सिक्नैपर्ने हुन गएको छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here