सेयर बजारमा आज उच्च अंकको सुधार

84

 काठमाडौं  ।  लगातार घटिरहेको सेयर बजारमा आज उच्च अंकको सुधार आएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपालको पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ५६.७३ अंकले बढेको  छ। यससँगै नेप्से २४१५.५५ विन्दुमा उक्लिएको छ।   पहिलो कारोबार दिन सोमबार नेप्से १७.९३ अंकले घटेको थियो। आइतबार सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द थियो।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कारोबार रकम भने घटेको छ। आज कूल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँमा कारोबार खुम्चिएको हो। सोमबार दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।  आज कूल २२६ वटा कम्पनीका ४९ लाख ७४ हजार २५३ कित्ता सेयर ३४ हजार २१७ पटक खरिद-बिक्री भएका छन्।  कारोबार भएकामध्ये १८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने छ वटा कम्पनीको सूचक नकारात्मक बनेको छ।

 यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.३४ अंकले बढेर ४६२.५२ विन्दुमा उक्लिएको छ।  आज ग्रिन डेभलपमेण्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतका दरले गुमाएका छन्।

आज हिमालयन डिस्टिलरी लिमिटेडको सेयर सबैभन्दा धेरै १४ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।    आज सबै उपसमूहमा हरियाली छाएको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here