काठमाडौं । च्याउका पारखीहरु धेरै छन् । यो शाकाहारी खाद्य पदार्थ भए पनि मानिसहरुले यसलाई मासुको विकल्पको रुपमा समेत सेवन गरिरहेका हुन्छन् । मशरुम जाडो तथा गर्मी दुबै याममा उपलब्ध हुन्छ ।
जाडोमा यदि तपाईं मशरुम सेवन गर्दै हुनुहुन्छ भने यो तपाईंको स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ ।
जाडोयाममा च्याउ सेवनका अनौठा फाइदाहरुका बारेमा चर्चा गर्दैछौं :
- च्याउमा फाइबर, भिटामिन, पोटाशियम, कपर र आइरन जस्ता विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ ।
- च्याउ खाँदा स्वास्थ्यलाई एउटा मात्र नभएर विभिन्न फाइदाहरु प्राप्त हुन्छ ।
- च्याउ खानाले मांसपेशिको सक्रियता र स्मरणीय शक्ति बढ्छ ।
- प्रतिरोधक क्षमता बलियो बनाउनमा पनि मशरुमले धेरै फाइदा पुऱ्याउँछ ।
- यसको सेवनले वजन नियन्त्रणमा रहन्छ ।
- च्याउलाई नियमित रुपमा खानाले हड्डि पनि बलियो हुन्छ ।
- च्याउ खानाले ब्लड शुगरको स्तर नियन्त्रणमा रहन्छ ।


















