मछिन्द्र पहिलो पटक एएफसी कप छनोटमा

117

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।
सुनिलले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । उनले विशाल राईको फ्री-किकमा हेडमार्फत उत्कृष्ट गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो।ढढढढ

सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।यस जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ। मछिन्द्र सातौं चरणसम्म शीर्ष स्थानमा रहदै एएफसी कपमा चनोर भएको हो ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।
जितपछि मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ भन्दा १ अंकले अघि रहेको छ ।

मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here