पाँच दिवसीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ जाँदै

70

काठमाडौं । खाडी देशका विदेशमन्त्रीहरु सोमबार पाँच दिवसीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ जाँदै छन्।

यो भ्रमण त्यस्तो समयमा भइरहेको छ जतिबेला चीनको छिमेकी देश काजकिस्तानमा अस्थिरता उत्पन्न भएको छ र यसले चीनको उर्जा सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको छ।  साउदी अरब, कुवेत, ओमान र बहराइनका अधिकारीसमेत गल्फ कोअपरेशन काउन्सिलका महासचिव नायेफ बिन फलाह अल-हजराह शुक्रबारसम्म चीनमा रहनेछन्।

तेल र ग्यासले सम्पन्न काजकिस्तानमा अस्थिरतामाथि चीनले चिन्ता जनाएको छ। जहाँ उसको उर्जा उद्योगमा ठूलो लगानी रहेको छ।

यो भ्रमण चीनका विदेशमन्त्री वाङ यीको अफ्रिका, माल्दिभ्स र श्रीलंकाको दौडकका क्रममा भइरहेको छ। चिनियाँ विदेशमन्त्रालयले खाडी देशका मन्त्रीहरुको भ्रमणबारे धेरै जानकारी दिएको छैन। तर, बेइजिङसँग उर्जासम्बन्ध मजवुद गर्नेबारे चर्चा हुन सक्ने बीबीसीले उल्लेख गरेको छ। २०१४ मा राष्ट्रपति सि चिनफिङले खाडी क्षेत्रका साथ २०२३ सम्म व्यापार दुईगुणा भन्दा धेरै बनाउनुपर्ने जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here