नेपाल र भारतको सीमा क्षेत्र लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फीरुपमा सडक निर्माण गरिरहनु गम्भीर आपत्तिजनक

28

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल र भारतको सीमा क्षेत्र लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फीरुपमा सडक निर्माण गरिरहनु गम्भीर आपत्तिजनक रहेको जनाएको छ ।

राप्रपा महामन्त्री भुवन पाठकले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभइको हो । विवादित क्षेत्रमा सडक निर्माण हुनु र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको खुलासा गर्नु देशको सार्वभौमिकताको विरुद्धमा रहेको उहाँको भनाइ छ ।

कालापानी लिपुलेक नेपाली भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेप विरुद्ध सरकारले प्रतिबद्ध जनाउनुपर्ने बताउदै सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गर्नुुपर्ने माग राप्रपाले राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here