भाेलि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन नेपाल फर्किँदै

101

काठमाडाैं । उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भाेलि सोमबार नेपाल आउँने भएका छन् ।
गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन गएका थिए । उनको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताए । पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुसको ११ गतेदेखि काठमाण्डौमा भएको माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए पनि पदाधिकारीको टुंगो लागेको छैन । वर्षमान पुन विदेशमा रहेकाले अध्यक्ष प्रचण्डले पदाधिकारीको घोषणा गरेका थिएनन् । महासचिवका दावेदार रहेका पुन नेपाल फर्किएपछि पदाधिकारीको टुंगो लाग्ने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here