काठमाडौं । सरकारले मोरङका केही क्षेत्रलाई बर्ड फ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ बिराटनगर महानगरपालिका–१८ स्थीत हिमालय कृषि फर्मलाई केन्द्रबिन्दु मानी बर्ड फ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै बैठकले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली स्वीकृत गरेको छ भने राष्ट्रियपरिचय पत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले सिंगापुर इटालीको रोम र रोमानियाको बुखारेसम्ममा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरूको समय थप गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।


















