गुरुकुलका २५ विद्यार्थीहरूलाई सहयोग

102

काठमाडाैं ।  सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ ।

संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही अशोकचोस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका ६१ ज्येष्ठ नागरिक र विराटनगर-५ हरिहर पथस्थित पाणिनी संस्कृत विद्यालय (गुरुकुल)का २५ विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो ।

संघले उनीहरूलाई डस्ना, सिरक, तन्ना, खोलसहित सिरानी तथा खाद्यान्न सामग्री वितरण गरेको नेपाली सेनाले जनाएको छ ।   सो सहयोग सामग्रीहरू संघ अध्यक्ष सुनिता शर्माले वितरण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here