धरानमा छुट्टा–छुट्टै स्थानमा टाउको, खुट्टा फेला परेको शवको पहिचान खुल्यो

115

काठमाडौं  । हत्या गरी टाउको, खुट्टा र शरीर छुट्टा–छुट्टै ठाउँमा फालिएको अवस्थामा भेटिएको शवको सनाखत भएको छ।

फागुन ४ गते धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा–छुट्टै स्थानमा जेब्रा झोलामा फेला परेको शव झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देल इलाका प्रहरी प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा गत बुधबार शव भेटिएको थियो । टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको थियो।

सडकबाट करिब १०–१२ मिटर तल जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो।

स्थानीयवासीले शंकास्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले झोलाबाट टाउको र खुट्टा निकालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here