तेस्रो विश्व युद्ध अत्यन्तै विनाशकारी सावित हुने रुसको चेतावनी

113

मस्को । रुसले तेस्रो विश्व युद्ध भएमा आणविक हतियारको व्यापक प्रयोग हुने बताएको छ । रुसका विदेशमन्त्री सेर्गी लेभरोभले बुधबार तेस्रो विश्व युद्ध विश्वका लागि अत्यन्तै विनाशकारी सावित हुने चेतावनी दिएका हुन् ।

उनकाअनुसार रुसले गत हप्तादेखि युक्रेनमा विशेष सैन्य अपरेसन जारी गरेको छ । तर, यदि किभले आणविक हतियार प्राप्त गरेमा भने विश्वका लागि ‘वास्तवमै ठूलो खतरा’ उत्पन्न हुने रुसी चेतावनी छ ।

युरोप सहित पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार उपलब्ध गराइरहेका बेला रुसको कडा चेतावनी आएको हो ।

रुस आणविक हतियार विश्वको सबैभन्दा बलियो राष्ट्र हो । -रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here