काठमाडौं । टेष्ट ट्युब बेबी सेन्टर (आईभीएफ) हरुलाई तत्काल दर्ता प्रक्रियामा आउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन मन्त्रालयले निर्देशन दिएको हो ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ मा सबै खालका नाफामूलक, गैरनाफामूलक स्वास्थ्य संस्थाहरुले कानुनबमोजिम इजाजतपत्र लिनुपर्ने बाध्यकारी व्यवस्था छ । सोही नियमअनुसार मन्त्रालयले आईभीएफहरुलाई इजाजत लिन भनेको हो ।


















