एन्फा लिग संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिए

131

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा लिग संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन्। नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सको निर्देशकसमेत रहेका शर्माले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।

नैतिकता र दोहोरो जिम्मेवारीका कारण पदमा बस्न उपयुक्त नभइरहेको भन्दै आफूले आजै पदबाट राजीनामा दिएको उनले बताएका छन्।

‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको निर्देशकको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठ्याराहरु आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जोडिने भनि आजैका मितिदेखि श्रीमान समक्ष राजीनामा पेश गरेको छु,’ उनले राजीनामा पत्रमा भनेका छन्।

एनएसएलको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ। खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसहित ८ क्लबले विरोध गरेपछि एन्फाले बिहीबार अबेर राति अक्सन रोक्न पत्र काटेको थियोे।

तर, उक्त पत्रलाई एनएसएलले मानेको छैन। शर्मा आज हुने एनएसएल अक्सनमा काठमाडौं रेजर्सको बेन्चमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here