युक्रेनमा युद्वमा रुसी आक्रमणलाई खाद्य समस्या

114

काठमाडौं । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न संघर्ष गरिरहेको जनाइएको छ।

बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ। उसले युक्रेनमा रुसी सेनाले खाद्य सामग्रीको समस्यामाले घेरिएको जनाएको छ।

‘युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण ‘खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु’ अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न नसकेको दाबी गरिएको छ।

‘युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो संख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ। यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ।’

प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना ‘देशभित्र नै अल्झिएका छन्’ भनिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here