स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्।
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार २०७५ साल माघ ७ देखि मन्दिर पुनर्निर्माण सुरु भएको थियो।
दुई वर्षमा सक्ने भनिए पनि कोभिड १९ का कारण तीन वर्ष लाग्यो। मन्दिर पहिलेकै अवस्थामा फर्किएको छ।
मन्दिरको शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।















