कर्णालीलाई पर्याप्त मात्रमा बजेट विनियोजन गरिँदैन’

90

हिजोजस्तो छैन कर्णाली। केही हदसम्म परिर्वतन भएको देख्न सकिन्छ। तर जति र जुन रुपमा कर्णाली बिकास हुनुपर्ने हो त्यो भने हुन बाँकी छ। नेपालका अन्य प्रदेशका तुलनामा विशुद्ध भर्जिन प्रदेशका रुपमा यहाँ अथाह सम्भावना नै सम्भावना रहेको छ। तर भर्जिन कर्णालीलाई जुन रुपमा हेरिनुपर्ने हो त्यो रुपमा हेरिएको र देखिएको पाइँदैन।  कर्णालीलाई जुन रुपमा हेरिनुपथ्र्यो त्यो छैन। आज पनि केन्द्रको हेपुवा चेपुवामा परेको छ। कर्णालीलाई जुन रुपमा मध्यनजर गर्दै कर्णाली बिकासका लागि बजेट आउनुपर्थ्यो त्यो आउन सकेको छैन। कर्णालीको आर्थिक अवस्था शिक्षास्वास्थ्यपर्यटनका बिकासको योजना र आगामी योजनाका विषयमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टसँगको कुराकानीः 

कर्णालीकोे अर्थतन्त्रको आर्थिक अवस्था कस्तो छ ?

हाम्रो प्रदेश विगत देखिनै पिछडिएको प्रदेशको रुपमा र काठमाडौँको दृष्टि नपुगेको राजधानीका रुपमा पनि परिचित छ। पूर्वाधार निर्माणको क्षेत्रमा पनि हामी अत्यन्त पछि छौँ। जस्को कारण आर्थिक गतिविधि बढाएर लिन्छ। हुम्ला, जुम्ला, डोल्पामा अहिलेसम्म हामीले राष्टिय राजमार्गमा जोड्न सकेका छैनौँ।   यातायातको पहुँचमा आउन सकेका छैनन्। विद्युतीकरणका रुपमा हेर्दा पनि ३५ प्रतिशत मात्र विद्युतको पहुँचमा पुगेका छन्। सडक संजालको अवस्था  पनि उस्तै छ। विकासको जे अवस्था छ त्यो अवस्थाबाट हेर्दा आर्थिक गतिविधि प्रचुर मात्रामा छन् भन्ने अवस्था छैन। अर्को अवस्था जनताको अवस्था पनि दयनीय नै छ। त्यो कुरा डाटाले देखाएको छ । गरिबी अशिक्षा, भोकमरीका रुपमा चिनिने गरेको छ विगतदेखि अहिलेसम्म। यहि अवस्थाको बीचबाट यही अवस्थालाई सुधार गरेर अगाडी बढ्ने हामीले पर्यत्न गरिरहेका छौँ।

स्रोत साधनले भरिपूर्ण तर आर्थिक रुपमा गरिब प्रदेश भनेर चिनिन्छ ? धनी बनाउने योजना के बनाउनुभएको छ ?

प्रदेश सरकार बनिसकेपछि हामीले रोजगारी सिर्जना गर्ने, आर्थिक अवस्थालाई सुधार गर्ने र जनताको आर्थिक अवस्था परिर्वतन ल्याउने उद्देश्यले काम गरिरहेका छौँ। खास गरि प्रदेशमा जुन उपलब्धता छ तयसैमा टेकेर अगाडी बढ्ने प्रयास गर्‍यौँ। जस्तो वन क्षेत्रको जडीबुटी सम्बन्धी कामहरुलाई व्यवस्थित गर्न अगाडी बढ्यौँ। यो वर्षको कार्यक्रममा राखेर हामीले यस्लाई जडिबुटी प्रशोधन गर्ने र त्यस्लाई मार्केटिङ गर्ने उद्धेश्य सहित त्यो कामलाई अगाडी बढाएका छौँ। कृषिमा पनि हाम्रो प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा परिणत गराउन सक्छौँ । अन्य प्रदेशमा रासायनिक मलको चरम मात्रामा प्रयोग भइरहेको छ तर, हाम्रो प्रदेशमा गर्नुहुन्न भन्ने उद्देश्य भन्दा पनि उपलब्धताको कमिले गर्दा रासायनिक मलको कम प्रयोग भएको छ। यस्लाई हामीले योजनाबद्धरुपमा अर्गानिक क्षेत्रका रुपमा विकास गरेर लैजान हामीलाई अनुकुलता छ। त्यसकारणले प्रदेशले अर्गानिक प्रदेशका रुपमा विकास गर्ने र यहाँबाट कृषि उत्पादनमा अर्गानिक गरेर बजारमा पठाउने हो भने रोजगारीका अवसर सिर्जना हुन सक्छन् भनेर यतातिर सोझिएका छौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here