आज सेयर बजारको परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ पुग्याे

60

काठमाडाैं । मंगलबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ पुगेको हो।  दिनभर जम्मा २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ ३९ पैसाको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो।

कारोबार भएका कुल कम्पनीमध्ये १८३ कम्पनीको मूल्य घटेको छ भने जम्मा १० कम्पनीको मूल्य बढेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर छ।   आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये होटल एन्ड टुरिजमबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। होटल एन्ड टुरिजमको सूचक जम्मा ०.५ प्रतिशतले बढेको हो।

मंगलबार राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर भने ६.०७ प्रतिशतले बढेको छ।   नेपाल स्टक एक्सचेन्जकाअनुसार आज  हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।   यसपछि, नबिल बैंकको ८ करोड ५९ लाख ९९ हजार १९९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १३ लाख ९७ हजार ३०७ रुपैयाँ, सूर्य लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख ८० हजार ९३३ रुपैयाँ ३० पैसा र अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्टको ६ करोड ८० लाख ३९ हजार ९६६ रुपैयाँ ९० पैसाको कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here