नेप्से परिसूचक ४४ अंकले घटेर २४१९.८० विन्दुमा बन्द

53

काठमाडौं  ।  सेयर बजार फेरि ओरालोतिर लागेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार फेरि दोहोरै अंकले ओरालो लाग्यो। नेप्से परिसूचक ४४ अंकले घटेर २४१९.८० विन्दुमा बन्द भयो।

२२३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर ४० हजार ५०७ पटकमा २ अर्ब २६ करोड ७८ लाख ६ हजार ६२८ रुपैयाँमा खरिदबिक्री भयो।  नेप्से ओरालो लागेपनि कारोबार रकममा भने बिहीबारको तुलनामा वृद्धि भएको छ। गत बिहीबार २ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको थियो। आज २ अर्ब २६ करोड माथिको सेयर कारोबार भयो।  यस्तै, यसदिन सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ विन्दुमा बन्द भयो। अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सूचक घट्यो।

कारोबारमा आएका १३ वटै समूहको सूचक ओरालो लाग्यो। अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सेयर मूल्य घट्यो। जीवन विमाको ३.१५ प्रतिशतले सूचक घट्दा व्यापारको २.७८,वित्त समूहको २.३८,लगानीको २.३५, होटल तथा व्यापारको २.२७ र जलविद्युतको २.१५ प्रतिशतले सेयर मूल्य घटेको हो। यस्तै विकास बैंकको १.५१, निर्जीवन विमाको १.३६ र लघुवित्तको १.०७ प्रतिशतले सूचक घट्यो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशत र राष्ट्र उत्थानको ९.९२ प्रतिशत घटेको हो।  कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो।

सो कम्पनीको १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोड बढीको सेयर खरिदबिक्री भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here