विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान

87

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रस्तावित २० राजदूतमाथि उजुरी आह्वान गरेको हो।

सरकारले नियुक्तिका लागि सिफारिस गरेको र  संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकाले सूचना प्रकाशन गरिएको सूचनामा जनाइएको छ।

उनीहरुलाई राजदूतमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित वैशाख १२ गते कार्यालय समयभित्र समिति समयक्ष सूचना वा उजुरी दिन आह्वान गरेको छ।

सूचना दिनेले आफ्नो नाम थर वतन स्पष्ट रुपमा खुलाउनुपर्ने र उनले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा जनाइएको छ।

गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरवका लागि राजदूत सिफारिस गरिएको थियो।

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस भएको थियो।

प्रस्तावित राजदूतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ। त्यसपछि उनीहरुको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरुको नाम अनुमोदन गर्नेछ।  यसरी अनुमोदन भएका राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त दिर्ने संवैधानिक व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here