परराष्ट्रमन्त्री ओमानको भ्रमणमा जाने

44

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन्।

सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन्।

ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ।

सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

arjuoo-1739519284.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here