कीनपा ५ वडामा एमालेबाट सुशील महर्जनको उम्मेदवार

73

काठमाडाैं । बैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका ५ वडामा नेकपा एमालेबाट सुशील महर्जनको नेतृत्वमा चार सदस्यहरुको उम्मेदवारी सार्वजनिक गरिएको छ ।

पार्टीले उम्मेदवारी चयन गरिए अनुसार कीर्तिपुर नगरपालिका ५ वडामा वडाध्यक्ष उम्मेदवार सुशील महर्जन, सदस्यहरु मधुकर महर्जन, दिपेन्द्र विष्ट, महिला सदस्य विष्णुनानी महर्जन र दलित महिला सदस्य कल्पना दुलाललाई उम्मेदवार घोषणा गरेको छ ।

पांगा तलपोखरी निवासी सुशील महर्जन हाल नेकपा एमाले कीर्तिपुर नगर समिति सदस्य हुन् भने महर्जन कार्यालय टिम र कीर्तिपुर नगर समितिमा सह–सचिव भएर पनि कार्य गरिसकेका व्यक्ति हुन् ।

भौगोलिक आधारलाई मान्यता दिइ उम्मेदवारी चयन गरिएको जानकारी वडाध्यक्ष उम्मेदवार सुशील महर्जनले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारी अनुसार ५ वडाभित्रका भौगोलिक आधारलाई मान्यता दिइ कीर्तिपुर ५ वडामा सिकुछेँ टोलबाट मधुकर महर्जन, बिष्ट गाउँबाट दिपेन्द्र विष्ट, धुसि टोलबाट विष्णुनानी महर्जन र भत्क्यापाटीबाट कल्पना दुलाललाई वडा सदस्य उम्मेदवार चयन गरेका हुन् । यस्तै ५ वडाकै तलपोखरी निवासी सुशील महर्जनलाई वडाध्यक्ष उम्मेदवार चयन गरेका हुन् । ललेन्द्र शाक्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here