दाङका माके सदस्य जीवन गौतमद्वारा परित्याग

174

बैशाख । दाङमा नेकपा(माओवादी केन्द्र)का नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरेका छन।
दाङको घोराहीमा हिजो मात्रै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका थिए।

घोराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका थिए। उनले पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएको बताए ।

यस्तै केही समयअघि मात्रै नेकपा(माओवादी केन्द्र) घोराही उपमहानगर कमिटीका अध्यक्ष एवम पार्टीका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्याग गरेका थिए। शर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपा एमालेमा पार्टी प्रवेश गरिसकेका छन।

आज मंगलबार अर्का एक जिल्ला नेताले नेकपा(माओवादी केन्द्र) परित्याग गरेको घोषणा गरेका छन।
नेकपा(माओवादी केन्द्र) दाङका जेष्ठ नागरिक जिल्ला सदस्य राजपुर गाउपालिका वडा नं. २ बस्ने नर बहादुर केसि खत्रीले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका छन।

खत्रीद्वारा जारी प्रेस बिज्ञप्तिमा नेकपा(माओवादी केन्द्र)ले जनतामाथी जनघात गरेको,दलाल संसदीय पुजीवादी बाटोमा अगाडि बढेको र राष्ट्रघाती एमसिसी सम्झौता दोयात्मक चरित्रले संसदवाट पास गरेको,जनताको ढाड सेक्नेगरी महंगी,कालाबजारी,दलाल,भ्रष्टाचारीहरुलाइ पक्षपोषण गरेको हुदा उक्त पार्टीको बिचार,सिद्धान्त र साधारण सदस्य समेत नरहने गरि आजका मितिदेखी पार्टी परित्याग गरेको घोषणा गरेका छन।

दाङमा सबैभन्दा धेरै राजपुर गाउपालिकाबाट नेकपा(माओवादी केन्द्र)का नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन। केही समयअघि मात्रै नेकपा(माओवादी केन्द्र) राजपुर गाउपालिका वडा नं. २ का अध्यक्ष तुल्सीराम भण्डारी र सोही वडामा बसोबास गर्ने पार्टीका सदस्य मोहनलाल बिकले पार्टी साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेका थिए।

स्थानीय निर्वाचन नजिकिदै गर्दा दाङमा दैनिकजसो नेकपा(माओवादी केन्द्र) का नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने गरेका छन।

पार्टी परित्याग गर्ने अधिकांश नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी संसदबाट पास गरेर माओवादी केन्द्रले राष्ट्रघात गरेको बताएका छन। साथै उनिहरुले दलाल पुजीवादी संसदीय व्यवस्थाबाट वास्तविक शान्ती,समृद्धि र स्वाधीनता प्राप्त गर्न नसकिने समेत बताउने गरेका छन।

मंगलबार पार्टी परित्याग गरेका माओवादी केन्द्र दाङका जिल्ला सदस्यद्वारा जारी प्रेस बिज्ञप्ति:

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here