कास्कीमा जिल्लास्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

115

कास्की । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतीथि नेकपाकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उमा भुजेल शिलुले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु वस्तुस्थितिको विश्लेषण गरेर तात्कालिक कार्यनीतिको रुपमा अघि सारेको वर्तमान कार्यनीतिलाई आत्मसाथ गर्नु र पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता कार्यकर्ताको जिम्मेवारी भएको बताइन् । त्यसै गरी पार्टी जनमत सङ्ग्रहको मुल कार्यनीति मार्फत नै वैज्ञानिक समाजवादमा पुग्ने र आजको दलाल संसदीय भासमा कुनै हालतमा नफस्ने विश्वास व्यक्त गरेकी छिन् । कार्यक्रमको सञ्चालन किसान सङ्गठनका केन्द्रीय महासचिव सागार अर्याल, स्वागत मन्तव्य लेखनाथ नगर सेक्रेटरी सोममायाले गरेकी थिइन भने पार्टीको १२ औं पुर्ण बैठकले पारित गरेको राजनैतिक प्रतिवेदन र सर्कूलर श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिव उमेश सिकेले वाचन गरेका थिए । कार्यक्रममा जिल्लाभरबाट करिब १५० जना अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको पोखरा महानगर सेक्रेटरी तथा युवा नेता प्रकाश बास्तोलाले समाचार स्रोतलाई जानाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here