मृगौला फेल भएर उपचार गर्न नसकेका पिडित तिलक बहादुर जोगीलाई सहयोग

168

काठमाडाैं । दुइवटै मृगौला फेल भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाले रु.एकाउन्न हजार(५१,०००) सहयोग अर्थिक सहयोग गरेको छ ।

छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ बाट उठेको रकम मध्ये केही रकम पिडितलाइ सहयोग गरिएको हो ।

लामो समयदेखि मुलुकका विभिन्न स्थान मेला महोत्सब र सांस्कृतिक कार्यक्रम गर्दै आएको संस्थासंग आबद्ध भएर महोत्सबमा साना ब्यापार गर्दै आएका मृगौला पिडित जोगी लामो समयदेखि उपाचार्थ छन् ।

हरेक मेला महोत्सबबाट सामाजिक कार्य गर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी गराए ।

संस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

यस सस्थामा अध्यक्ष सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, कार्यालय सचिव जीवन नेपाल र सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here