भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता

327
India's Prime Minister Narendra Modi (L) arrivs with Queen Margrethe of Denmark, followed by her son crownprince Frederik (R) and his wife crownprincess Mary for an official audience at Amalienborg Castle in Copenhagen, Denmark, on May 3, 2022. - The Prime Minister of India Narendra Modi is on a two-day visit to Denmark. (Photo by Martin Sylvest / Ritzau Scanpix / AFP) / Denmark OUT

कोपनहेगन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितीयासँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नुभएको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यसँग पनि भेटवार्ता गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेकोप्रति डेनमार्ककी रानी मार्गरेट द्वितीया र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। एकदिने डेनमर्क भ्रमणका क्रममा उहाँले अति व्यस्त कार्यतालिकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफल गर्नुभएको छ । उहाँले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउँदै लैजाने र नयाँ सम्भावनाहरुका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उहाँले डेनमार्कमा छलफल गर्नुभएको छ । सोमबारदेखि तीनदिने युरोप भ्रमण सुरु गर्नुभएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुग्नुभएको हो ।

उहाँले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नुपर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उहाँले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि धेरैजसोसँग छलफल गर्नुभएको छ । सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नुभएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गर्नुभएको छ भने बुधबार फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । एएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here