ज्यान सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ

137

सप्तरी । ज्यान सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी रुपनी गाउँपालिका-१रुपनी चौक बस्ने ३८ वर्षीय मो.नाजिर भन्ने मो.नसिर मियाँलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिका-१ खाडो खोला नजिक सार्वजनिक पोखरीमा २०७८ असोज ९ गते बिष्णुपुर गाउँपालिका-५ कट्टी गाउँ टोल बस्ने ५० वर्षीय राम सुन्दर महतोको शव 3 फेला परेको घटनाको अनुसन्धानको क्रममा मियाँ समेतले रामसुन्दर महतोलाई २०७८ असोज ८ गते दिउँसो घरबाट भोजमा खाना बनाउने बहानामा बोलाई हत्या गरेको खुल्न आएको हो ।

साथै वारदात मितिबाटै फरार रहेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बोदेबरसाईन नगरपालिका-५ बाट फेला पारी पक्राउ गरेको हो ।

साथै मो.नसिर मियाँ तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने, अवैध लागूऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार साथमा बोकी हिड्ने जनमानसमा डरत्रासको वातावरण सृजना गर्ने जस्ता अपराधिक समूहमा संलग्न रहेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here