पछिल्लो २४ घण्टामा थप ११ जनामा कोभिड संक्रमण पुष्टि

17

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०३० वटा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४८ रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here