महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा

141

काठमाडौं  ।  महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ     २८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।  एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३३ वटा शाखाहरूबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।

यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरूका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपुर, न्युरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी पनि गरेको छ ।   यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here