मूल्यवृद्धिको विरोधमा प्रमकने पुत्ला दहन

88

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन सुरु गरेको छ। उसले बुधबार साँझ प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि राँको जुलुश, सिठ्ठी जुलुश र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल आँफै सिठ्ठी जुलुशमा सहभागी थिईन् । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। यसको विरोधमा सबै विद्यार्थी संगठनले यसअिघ नै संयुक्त आन्दोलनसमेत सुरु गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here