मालेमा जारी भलिबल एसोसिएसन कपमा नेपालकाे लगातार दोस्रो जित

171

काठमाडाैं । नेपाली राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा शनिबार भएको पोल ‘बी’ को खेलमा पुलिसले अर्की नेपाली खेलाडी उषा भण्डारीको टाेली धिबेही सिफान्गी क्लबलाई ३-० को सोझो सेटमा हराएकाे हाे ।

पुलिसले धिबेही सिफान्गीमाथि २५-१९, ३१-२९,२५-१९ को  सेटमा जित निकाल्यो । यसअघि पुलिसले क्लब इगल्सलाई २५-१९, २५-२१, २५-२० को सोझो सेटमा हराएको थियो ।

पुलिसले आफ्नो तेस्रो खेलमा मंगलबार क्लब हाफलाइन लिङ्केजसँग खेल्नेछ । यसअघि धिबेही सिफान्गीले क्लब हाफलाइन लिङ्केजलाई ३-० काे साेझाे सेटमा हराएकाे थियाे ।

धिबेहीले खेल २५-५, २५-१३, २५-९ ले आफ्नो पक्षमा पारेको थियाे । धिबेहीले सोमबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here