काठमाडौं। लिओ क्लब अफ काठमाडौं मनास्लुको अध्यक्षमा लिओ विपिन कुमार यादव निर्वाचित भएका छन्। गत शनिवार भएको क्लबको बिसौँ अधिवेशनबाट बर्ष २०२२/२३ का लागि नयाँ बोर्ड सदस्यहरु निर्वाचित गरिएको छ। क्लबको पहिलो उपाध्यक्षमा
लिओ सन्त कुमार बरइ, द्धितीय उपाध्यक्षमा लिओ विवश न्यौपाने, सचिवमा लिओ अस्मिता कट्वाल र कोषाध्यक्षमा लिओ प्रेमा बस्नेत निर्वाचित भएका छन्। वर्ष २०२१/२२ का अध्यक्ष लिओ दिपेश तिखत्रीको अध्यक्षतामा भएको वैठक तथा अधिवेशनमा लायन्स जिल्ला परिषद ३२५ बि वर्ष २००७-८ का जिल्ला गभर्नर लायन्स डा. जयहरिराज पान्डे र लायन्स क्लब अफ काठमाडौं मनास्लुका अध्यक्ष लायन्स हेमदास ताम्राकारको उपस्थिति रहेको थियो।

















