सम्पर्कविहीन विमान खोजीका लागि गएको सेनाको टोलीले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको छन् । दुर्घटनास्थलमा सुरक्षाकर्मीलाई परिचालन गरिएको प्रवक्ता सिलवालले जनाए।
‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले जानकारी गरे।
तारा एयरको ९ एनएइटी टि्वनअटर विमान आइतबार बिहान पोखराबाट उडेको थियो। जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु सवार थिए जसमध्ये २ जर्मनी, ४ भारतीय र १३ नेपालि रहेका थिए | बिहान १०:१५ मा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने विमान मुस्ताङ जिल्लाभित्र छिरेपछि १०:०७ मा सम्पर्कविहीन भएको थियो |
विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालकमा उत्सव पोखरेल र एयर होस्टेजमा किस्मी थापा थिइन् ।


















