कामपाका मेयर उपमेयर फोहोर व्यवस्थापन गर्न सिसडोल पुगे

129

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोल पुगेका छन्।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए।

मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here