काठमाडाैं । नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलबीचकाे खेल बराबरीमा टुंगिएकाे छ । खेलको ८२ औँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएपछि स्पेन अंक बाँड्न बाध्य भएको हो।
नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलले बाँडे अंक काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलले अंक बाँडेका छन्। उनीहरुले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
स्पेनको बेनितो भिल्लामरिनमा भएको खेलमा अल्भारो मोराटाले गोल गर्दै २५ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, शुरुआती अग्रता जोगाउन नसक्दा स्पेनले अंक बाँडेको छ। खेलको ८२ औँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएपछि स्पेन अंक बाँड्न बाध्य भएको हो।


















