विश्वचर्चित गायिका साकिरा र फुटबलर जेरार्डको सम्बन्ध बिच्छेद

47

काठमाडौं‌  । लोकप्रिय कोलम्बियन पप गायिका साकिरा र फुटबलर जेरार्ड पिके छुटिएका छन् । उनीहरूले पछिल्लो १२ वर्षको सम्बन्धमा बिच्छेद गरेका छन् ।

दुवैले शनिबार विज्ञप्ति जारी गर्दै एक-अर्कासँग अलग्गिएको पुष्टि गरेका हुन् । “हामी यो भनिरहँदा माफी माग्न चाहन्छौँ कि हामी अलग हुँदै छौँ । हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हाम्रो बच्चाको बारेमा सोचेर हामीले यो निणर्य लिएका हौँ । हामी चाहन्छौँ कि तपाईं हाम्रो गोपनियताको सम्मान गर्नुहोस् । हाम्रो कुरालाई बुझिदिनुभएकोमा तपाईं सबैलाई धन्यवाद” उनीहरूको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साकिरा र बार्सिलोनका डिफेन्डर जेरार्डको भेट सन् २०१० मा भएको थियो । यो त्यही वर्ष थियो, जब साकिराले ‘वाका वाका’ गीत मात्रै नगाएर आफ्नो सोही गीतमा नृत्य नै गरेकी थिइन् । उनीहरूका साशा र मिलान नामक दुई सन्तान छन् । नवभारत टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here