एजेन्सी । निद्रा मृत्युको छोटो रुप भएको दार्शनिकहरु मान्छन्। बिहान उठ्दा आँखा खोल्नु मानिसको नयाँ जन्मको रुपमा लिन्छन्। वास्तु र ज्योतिष विज्ञानले जीवनको हरेक क्षणको सूक्ष्म रुपमा अवलोकन गर्ने गर्छ । दर्शनमा विहानको समय र रात्रि समयमा अलग अलग नियम बनाएका छन्। राति सुत्नेसमयमा सिरानीमा यी ८ चीजहरु राख्दा वास्तुदोष हुने खतरा हुन्छ ।
यसको प्रभाव जीवनमा नकारात्मक प्रभाव पर्ने खतरा हुन्छ । राति सुत्नेबेला सिरानीमा जुत्ता,चप्पल जस्ता चीजहरू राख्नु हुँदैन । वास्तुका अनुसार यी चीजले मानिसको जीवनमा असफल बनाउनुका साथै नकारात्मक प्रभाव पार्ने गर्छ । यसले मस्तिष्कमा नकारात्मक उर्जा प्रवाह गर्ने गर्छ ।
फलामको सिक्री र डोरी दैनिक उपभोग्य सामान भित्र परे पनि यी चीजहरू बेडको नजिकै राख्नु हुँदैन । यसले जीवनमा अशुभ निम्त्याउँछ । यसले जीवनमा लगातार बाधा उत्पन्न हुने खतरा बढ्छ । सुत्ने बेड मुनि ओखल राख्नुहुँदैन । यसले पारिवारीक सम्बन्धमा तनाव आउनसक्छ । यसले गर्दा सकारात्मक कार्यमा मन जानुको सट्टा नकारात्मक कार्यमा ध्यान जाने खतरा बढ्छ ।
सिरानीको छेउमा कुचो राख्दा यसले नकारात्मक प्रभाव पार्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार सिरानीको छेउमा कुचो राख्दा यसले जीवनमा दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ ।सिरानी पर्ने ठाउँमा कपडा सुकाउने गर्नुहुँदैन । यसले सफलतामा बाधा उत्पन्न गराउँछ।बेडको सिरानीमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामानहरु राख्नुहुँदैन । यसले गम्भीर दुष्परिणाम आउने खतरा बढ्छ ।


















