कुवेतकाे नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल-अहमद

83

एजेन्सी- कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन्।  कुवेतका अमिरले अहमद नवाफ अल-अहमद अल-सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराएका हुन्।

कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार त्यहाँकाे संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ।  नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ।  सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरूको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ।  यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मेमा दिएका राजीनामा कुवेतका अमिरले स्वीकृत गरेका थिए।

उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल-अहमद अल-सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री रहेका थिए।  सन् १९५६ मा जन्मिएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल-अहमद अल जाबिर अल-सबाहका कान्छा छोरा हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here