काठमाडौं । प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।
प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको उल्लेख गरेको छ ।
प्रतिबन्धित झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिएने चेतावनी विभागको छ ।
प्रतिबन्ध लगाइए पनि कोरोना महामारीलगायत कारणले प्रभावकारी अनुगमन हुन नसक्दा अहिले प्लाष्टिक झोलाको प्रयोग बढिरहेको विभागले जनाएको छ ।


















