बलात्कार गरेकाे आरोपमा दुई पक्राउ

95

काठमाडाैं । १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्।

मोरङ प्रहरीले विराटनगर-४ का  सुरज सुवेदी र विराटनगर-३ का  विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन्। राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए। आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here