सुर्खेतमा प्रभु बैंक लिमिटेडद्वारा नयाँ कर्जा सेवाबारे अन्तर्क्रिया

83

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ननो नयाँ कर्जा सेवाबारे सुर्खेतमा अन्तर्क्रिया गरेको छ। कृषि क्षेत्र विका कार्यक्रमका लाभग्राहीका  लागि बैंकद्वारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तर्क्रिया गरिएको हो।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताको गरिबी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउनु यस कार्यक्रमको लक्ष्य रहेको बताइएको छ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंकका सीबीसीओ सुनिल राना लगायत कर्णाली प्रदेश अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here