काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिल बुलबुले डेरा गरी बस्ने झापा घर भएका ३६ वर्षीय प्रकाश थापाको कोठाबाट करिब ६ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
अपरिचित व्यक्तिले झ्यालको ग्रिल निकालेर कोठामा प्रवेश गरी उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

















