धुनिबेशी नगरपालिकामा बसको ठक्करबाट बालकको मृत्यु

66

काठमाडौं ।धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन्।

जीवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिँदा बालक घाइते भएका थिए।

घाइते बालकको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here