काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।
बोर्डमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। शुक्रबार राति बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी टुंगो लगाएको थियो। आजको बैठकले बाँकी उम्मेदवारी टुंगो लगाउने अपेक्षा गरिएको छ।
हिजोको बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह्रथुममा सीता गुरूङलाई टिकट दिने निर्णय गरेको थियो।


















