सुनको मूल्य ताेलामा हजार रूपैयाँले घट्याे

52
www.swaviman.com

काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) सुनकाे मूल्य तोलाको ९४ हजार १०० रूपैयाँ ताेकिएकाे थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here