ट्राफिक प्रहरीले चेकिङ गर्दा अवस्था ठिक नभएका २६ ओटा सवारी कारवाहीमा, १५ ओटा साधन नियन्त्रणमा

61

काठमाडौं ।  थानकोटमा आइतबार गरिएको विशेष यान्त्रिक चेकिङका  क्रममा अवस्था ठिक नभएका माईक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र  टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले  कारवाही गर्नुका साथै १५ ओटा सवारी साधनलाई नियन्त्रणमा  लिएको छ ।

हिजाे आइतबार  दिउँसो तालिम प्राप्त प्राविधिक सहितको  टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु  नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका  २६ ओटा सवारी साधनलाई कारवाही गरिएको र १५ ओटा  सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा  लिईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-  प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी  दिनुभएको छ । आज भएको चेकिङमा १ सय ५५ ओटा सवारी  साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना  बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने   भएकाले संभावित जोखिम कम गर्न आइतबार दिउँसो सवारी साधनको  अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी  कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा  ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको  थियो ।

सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुले  आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउनुहुन  काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here