एमालेलाई भोट माग्ने अनुसन्धान विभागका कर्मचारीलाई कारबाही माग

65
?????????????????

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा ९२० मा कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानुन वा आयोगले दिएको निर्देशनको विपरीत कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारी उपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ८, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।

‘‘प्रचलित सेवा सर्त सम्बन्धी कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरी निर्वाचन आयोग ऐन, २०७९ को दफा ४४ को उपदफा (३) बमोजिम तीन महिनाभित्र निजलाई भएको कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराउन आयोगले माग गरेको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here