अमेरिकी चुनावमा नेपाली मुलका दुईजना मेरिल्याण्ड र न्यूयोर्कको राज्य संसदमा निर्वाचित

43

काठमाडौं । अमेरिकामा भएको मध्यावधि चुनावअन्तर्गत मेरिल्याण्ड र न्यूर्योक राज्यको संसदमा नेपाली मुलका दुईजना विजयी भएका छन्।

मेरिल्याण्डको डिस्ट्रिक ८ बाट राज्यको जनरल एसेम्बलीमा डा. ह्यारी भण्डारी निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि राज्य सांसदका रूपमा निर्वाचित भएका हुन्।

यस्तै, न्यूर्योकको राज्य संसदमा नेपाली मूलकी अमेरिकी सरहाना श्रेष्ठ निर्वाचित भएकी छन्।  उनी न्यूयोर्कको डिस्ट्रिक १०३ बाट राज्य संसदका लागि निर्वाचित भएकी हुन्। भण्डारी र श्रेष्ठ दुवै डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।

अमेरिकामा मध्यावधी चुनाव अन्तर्गत मंगलबार मतदान भएको हो। संघीय माथिल्लो सदन सिनेट, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभसँगै विभिन्न राज्यका गभर्नर तथा राज्य संसदका लागि चुनाव भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here