विश्वशान्तिका कामना गर्दै दिपप्रज्वलन निरन्तरतामा सहयोग गर्न लागि अनुरोध

73

काठमाडौं । माता मनकामनाको शक्तिशाली दियो बाल्ने दिपप्रज्वलन कार्य गत बर्ष २०७८ जेष्ठ ०२ गतेदेखि निरन्तरताका लागि ऊ माता मनकामना जेन्नि ट्रस्टले सम्पूर्ण भक्तजनलाई अनुरोध गरेका छन् ।

माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर चःमति, का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई सपनामा दिएको आदेश बमोजिम उहाँले आफ्नो ज्यान जोखिम मोलेर दिनरात नभनि निरन्तर रुपमा विश्व शान्ति कामना गरी दिप बाल्दै आइरहनु भएको छ । जव मनकामना माताले सपनामा साक्षात रुपमा दर्शन दिएर विश्व लगायत नेपालमा सुखशान्ति तथा समृद्धि बढाउनका लागि दिप प्रज्वलन गर्नु पर्ने जनाएपछि सो कार्यमा आफुहरूले निरन्तता जारी राखेको जनाइन् । जसबाट देशमा अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तैः बाढिपहिरो, भुकम्प, बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको जनाइन् ।
माता जेनि श्रेष्ठका अनुसार “मनको इच्छा पूरा गर्ने साक्षा देवि श्री मनकामना माईको आदेश बमोजिम मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको हुँ दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्‍हो भयो।

केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुँदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्याग्रस्त रहेको छ । सो बालिरहेको दियो निभ्यो भने आफ्नो ज्यान समेत जाने भएकाले देशमा ठूलो अनिष्ठ हुन्छ माता मनकामना बताएकाले दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन नसकेको जनाउँदै कुनै स्वार्थवस दियो बालेको नभइ सम्पूर्ण मानव जगतको कल्याणका साथै देशमा सुखशान्ति, समृद्धिका लागि बलेको जनाइन् ।

सम्पूर्ण जगत प्राणीको कल्याण होस् भनेर दियो बाल्दै आएकाले दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुकै हितका  लागि भएकाले सबैले आत्महृदयदेखि  साथ सहयोगको अपेक्षा राखेको धारणा राखिन् । साे अभियानमा जोडिन हार्दिक समेत अनुरोध गरेका छन् । थप जानकारीका लागी anakamana Mata Pn No.9886195695 9841506068

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here